Category Archives: Art & Literature
Juggernaut
सन्ध्या
हामी सँगसँगै जस्तो जन्मेका रे! बेलुकीपख पल्लोघरमा उसले जन्म लिएर रुन सिकेको १०-१२ घण्टा पछि बिहानीपख मैले पनि त्यसै गरी रुन सिकेको थिएँ रे, वल्लो घरमा! त्यसैले होला उसलाई सबैले ‘सन्ध्या’ भनि बोलाउँथे र मलाई ‘प्रभात’ । हाम्री आमाहरु छिमेकी हुनुका साथसाथै एक अर्काका मिल्ने सखी पनि थिए । उनीहरुको उमेर पनि मिल्दो र विबाह पनि सगँसगैँ जस्तो भएकाले त्यसबेलाको
Read moreपुनहिल ट्रेक – भाग ५ (पोखरा)
बिहान ६ बजेतिर उठ्यौं । छिटो छिटो पोखरा पुगेर घम्नु थियो हामीलाई । छिटो गर्दागर्दै पनि लजबाट निस्कदा ७ बजिसकेको थियो । पोखरा जाने बस लाग्ने ठाउँ आधा घण्टा तल थियो रे! अघिल्लो दिन हेर्न नपाएको घान्द्रुक हर्दै ओरालो झर्यौं । हर्नै पर्ने ठाउँ त मैले खासै देखिनँ तर त्यहाँका घरहरुको बनोट, सरसफाई र खेतबारीका कान्ला कुन्ली साह्रै सुन्दर थिए
Read moreपुनहिल ट्रेक – भाग ४ (देउराली हुँदै घान्द्रुक)
लजमा खाना खाइसकेपछि हाम्रो फर्किने यात्रा सुरुभयो । हाम्रो योजना अनुसार त्यस दिन हामीलाई घान्द्रुकसम्म पुग्नु थियो । पहिले एकछिन त्यहिँ उकालो चढ्नु पर्ने रहेछ । हिउँको समुद्र थियो त्यहाँ । मान्छे खासै नहिँड्ने भएकाले हिँऊ पनि सफा थियो । माछापुच्छ्रे र निलगिरी अझै राम्ररी देखिन थालेका थिए । डाँडाको टुप्पामा पुग्नु अघि नै हाम्रो भेट फेरी ती चिनिंया पर्यटकहरुसँग
Read moreपुनहिल ट्रेक – भाग ३ (पुनहिल डाँडो)
मोबाइलमा दुई-तीन जानाको आलार्म बज्न थालेपछि मन नलागि नलागि उठ्नु पर्यो । नित्य कर्म सकाएपछि चार पाँच पत्र लुगा खापेर पुनहिल डाँडो जान लजबाट निस्कियौं । साह्रै चिसो थियो बाहिर । हिँड्दै जाँदा ओरालो सुरु भयो । पुनहिन डाँडोलाई एक घण्टा जति उकालो चढ्नु पर्थ्यो रे! पाण्डेले फेरी जिपिएसको प्रयोग गर्यो । हामी गलत बाटो आइसकेछौं । फेरी पछि फर्किएर
Read moreपुनहिल ट्रेक – भाग २ (उल्लेरी हुँदै घोरेपानी)
चालकदलले हामीलाई बीच बाटोमा झारीदियो । एकछिन त अलमल्ल पर्यौं, बाटो नदेखेर । धन्न हामी २१औं शताब्दिमा छौं । पाण्डेले जिपिएस बाट बाटो पत्ता लगायो । अँध्यारोमा टर्च बाल्दै बढ्यो अघि हाम्रो टोलि । घरहरु बाक्लै थिए तर पनि मान्छेको कुनै अबसेस थिएन । मात्र कुकुरहरुले भुकेर त्यो सन्नाटा भङ्ग गर्दै थिए । यसरीनै १५-२० मिनेट हिँडे पछि दुई जाना
Read moreपुनहिल ट्रेक – भाग १ (रात्रीबसको यात्रा)
दिउसो ३ बजेतिर घरबाट पुनहिल प्रस्थानका लागि निस्किएँ । ४:१५ तिर नयाँ बसपार्क पनि पुगियो । दुई साथीहरु पिहले नै आइसकेका रहेछन् । थप दुई आएपछि बाग्लुङ्ग जाने बसको टिकट किन्न गइयो । सोचेभन्दा सस्तोमा र राम्रो बसको टिकट पाइएकाले हामी प्रसन्न भयौं । टिकट सात जानाको काटेका थियौं । केहि समयमै अर्को साथी आइपुग्यो । सधैं ढिला आउने डङ्गोलको
Read moreचिनजान – अनुज पोख्रेल
सबेरै उठ्ने बानी मलाई कहिल्यै लागेन । साला कति कोसिस गरियो तर बिहानीपखको मेरो निन्द्रालाई भंग गर्ने केहि चिज भेटिनँँ मैले । कहिलेकाँहि बिहान चाँडै उठ्नु पर्ने काम छ भने आफैले आफ्नो बानीलाई हजार पल्ट सरापेर मात्रै उठ्छु । यस्तै मङ्सिरको महिनामा बिहान चाँडै उठ्नु थियो । काम चाहिँ बिहान आठ बजे क्याम्पसको मैदानमा भकुन्डो खेल्नु थियो । सबै सहपाठिको
Read moreलघुकथा-१
गाडि चढ्ने बिसौनीमा भेट भएको पनि लगभग एक वर्ष नै हुन लागी सकेको थियो । यहि क्रममा यी दुईबीच राम्रो चिनजान भएर गाढा सम्बन्ध गासीँई सकेको थियो । तर कस्तो सम्बन्ध? दुबैलाई थाहा थिएन । कुराकानी त सधैं हुन्थे, त्यहि बिसौनीमा गाडि नआउन्जेल । आज पनि लगभग एक वर्षपछि उनीहरु उहि बिसौनीमा आ-आफ्ना गाडि कुर्दै छन् । ‘छ्या गाडि पनि
Read more